काठमाडौं– सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकट नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक २ लाखका दरले राहत प्रदान गरेको हो ।
गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप ५ करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी २३८ जनाले ज्यान गुमाएका थिए ।
१७७ जना घाइते भएका छन् भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप राहत रकम वितरण गरिएको जानकारी दिएका छन् ।









