काठमाडौं– हिमालयन डिस्टिलरी लमिटेडले गत आर्थिक वर्षको अन्तिमसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको २० प्रतिशत लाभांश दिने भएको छ ।

मंसिर २३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित २० प्रतिशत लाभांशमा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश हुनेछ । नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्न लागिएको कम्पनीको भनाइ छ ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउनेछन ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने जानकारी दिएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय