काठमाडौं– नेक्सस एजुकेसनल कन्सल्टेन्सीले माघ १३ गते आइतबार बृहत् मल्टी डेस्टिनेसन एजुकेसन फेयर आयोजना गर्ने भएको छ।

कोरियन वेब सिरिज ‘स्क्विड गेम’को शैलीमा आयोजना गरिने उक्त मेलामा युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, जापान, कोरिया लगायत विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने कम्पनीले जनाएको छ ।

उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीह र अभिभावक लक्षित उक्त मेलामा भिसा प्रक्रियासम्बन्धी जानकारी, विश्वविद्यालयका छात्रवृत्ति अवसरहरू, भाषा परीक्षा (आईईएलटीएस, पीटीई, र टपिक)बारे परामर्श लगायत सेवा प्रदान गरिने बताइएको छ। विद्यार्थीहरूले एउटै स्थानबाट विदेशमा उच्च शिक्षाको तयारीका लागि आवश्यक जानकारी र मार्गदर्शन पाउने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रमेश अधिकारीले जानकारी दिए ।

काठमाडौंको सामाखुसी चोकस्थित सिटी स्क्वायरमा कार्यालय रहेको उक्त कन्सल्टेन्सी प्रबन्ध निर्देशक अधिकारीले यो फेयरले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरूका लागि जानकारीमूलक हुने बताए । उक्त फेयरले विद्यार्थी र अभिभावकलाई विश्वविद्यालय छनोटदेखि भिसा प्रक्रियासम्मका सम्पूर्ण चरणबारे स्पष्ट हुन मद्दत गर्ने अधिकारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर