काठमाडौं– नेपाली बजारमा महँगा धातु सुनचाँदीको मूल्य सामान्य बढेको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुन ५०० र चाँदी १० ले महँगिएको छ ।
नेपाल सुनचाादी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँ निर्धारण गरेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाामा मा किनबेच भएको थियो ।
त्यसै गरी चाँदीको मूल्य प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो ।









