काठमाडौं– थापाथलीमा मंगलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिएका छन् ।

उक्त पाइपलाइन फुटेपछि मंगलबार बिहानैदेखि थापाथली चोकबाट प्रसुती गृहतर्फ जाने सडक बन्द गरेर मर्मत कार्य अघि बढाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय