काठमाडौं– नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्य अनुसार यस दिन सुन मूल्य प्रतितोला ९०० रुपैयाँ रचाँदी १० रुपैयाँले महँगिएको छ ।
महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँ तोकेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।









