काठमाडौं– पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार भने दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ को बिन्दुमा कायम भएको हो ।
यस दिन विभिन्न ३२३ कम्पनीका २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता धितोपत्र ७९ हजार २३६ पटक खरिदबिक्री हुँदा ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा विकास बैंक समूह ०.३३ र लघुवित्त समूह ०.२७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लगानी समूह १.७६ र अन्य समूह १.५७ प्रतिशतले बढेको छ ।
बैंकिङ ०.५३, वित्त ०.०२, होटल तथा पर्यटन ०.६४, जलविद्युत् ०.८५, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.१८, म्युचुअल फन्ड ०.१०, निर्जीवन बीमा ०.४० र व्यापार समूह ०.२१ प्रतिशतले बढेको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर ८१ करोड ३६ लाख ५२ हजार १०० रुपैयाँ बराबरको ८१ लाख ३६ हजार ५२१ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।









