काठमाडौं– संयुक्त राज्य अमेरिकाले ४३ देशका नागरिकलाई आफ्नो देशमा यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार द न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ । समाचारअनुसार ट्रम्प प्रशासनका अधिकारीहरूले त्यसमा गृहकार्य गरिरहेका छन् ।

ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ देशको सूची तयार गरेका छन् । प्रस्तावित सूचीको विदेश मन्त्रालयका अधिकारी तथा अन्य विभाग र गुप्तचर एजेन्सीहरूका सुरक्षा विशेषज्ञहरूले समीक्षा गरिरहेको बताइएको छ ।

उनीहरुले यात्रा प्रतिबन्ध लगाउनुपर्ने कारणमा लेखिएको विवरण पर्याप्त छ वा छैन भन्ने विषयको पुनरावलोकन गरिरहेका छन् । प्रस्तावित सूची लागू भए ४३ देशका नागरिकलाई अमेरिकाले प्रवेशाज्ञा दिने छैन ।

उक्त सूचीलाई रातो, सुन्तला र पहेंलो गरी तीन भागमा विभाजन गरिएको छ । रातो सूचीमा परेका देशका नागरिकलाई पूर्ण रूपमा यात्रा प्रतिबन्ध लगाइने बताइएको छ ।

सुन्तला रङको सूचीमा रहेका देशहरूमा आंशिक प्रतिबन्ध लगाइनेछ । त्यस्ता देशका नागरिकले आप्रवासी वा पर्यटक भिसा दिने छैन । यी धनी र व्यवसायिक यात्रुले भने अमेरिका जाने भिसा पाउनेछन् ।

पहेंलो सूचीमा रहेका देशहरूलाई सुरक्षा लगायतका मापदण्ड पूरा गर्न ६० दिनको समय दिइएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

गत जनवरीमा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सुरक्षा जाँच प्रक्रियामा कमजोर देशहरूको सूची तयार गर्न कार्यकारी आदेश जारी गरेका थिए ।

रातो सूचीका देश :
अफगानिस्तान
भुटान
क्युबा
इरान
लिबिया
उत्तर कोरिया
सोमालिया
सुडान
सिरिया
भेनेजुयला
यमन

पहेंलो सूचीका देश :
बेलारूस
इरिट्रिया
हाइटी
लाओस
म्यानमार
पाकिस्तान
रसिया
सियरा लियोन
साउथ सुडान
तुर्केमेनिस्तान
पहेंलो सूचीका देशः
एंगोला
एन्टिगुआ एन्ड बार्बुडा
बेनिन
बुर्किना फासो
क्यामरून
केप भर्डे
चाड
रिपब्लिक अफ कंगो
डेमोक्रेटिक रिपब्लिक अफ कंगो
डोमिनिका
इक्वेटोरियल गुयना
गाम्बिया
लाइबेरिया
मलावी
माली
मौरिटानिया
सेन्ट किट्स एन्ड नेविस
सेन्ट लुसिया
साओ टोम एन्ड प्रिन्सिप
भानुआटु
जिम्बावे

प्रतिक्रिया

सम्बन्धित खवर