काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा बिहीवार १० जना कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीमा १० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सम्मानित भएका कर्मचारीहरू कम्पनीको केन्द्रिय, शाखा तथा उपशाखा कार्यालयमा कार्यरत छन् । कम्पनीले कर्मचारीहरूलाई सम्मानपत्र सहित खादा लगाएर सम्मान गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले कर्मचारीहरूको मेहनत, कडा परिश्रम र योगदानको कदर गर्दै सम्मान गरिएको बताए । उनले सम्मानित कर्मचारीले निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

सो अवसरमा कम्पनीका उपमुख्य कार्यकारी अधिकृत कपिलकुमार दाहाल र कर्मचारी संघका अध्यक्ष हरिबहादुर खड्काले सम्मान कार्यक्रमबाट कर्मचारीहरूमा ऊर्जा प्राप्त हुने बताए ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका विभिन्न शाखामा सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम आयोजना गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय