काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल नेपाल लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।

शुक्रबार सम्पन्न बैंक सञ्चालक समिति बैठकले यसपालिको लाभांश घोषणा गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ० दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय