काठमाडौं– राष्ट्र बैंकले सेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा हटाएको छ । बुधबार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले उक्त कदम चालेको हो ।
सेयर बजारका लगानीकर्ताले उक्त सीमा हटाउनुपर्ने माग गर्दै आएका थिए ।
अब अब व्यक्तिले बैंक, वित्तीय संस्थाबाट सेयर धितोमा जति पनि ऋण लिन सक्छन् । हालसम्म सेयर धितो राखेर दिइने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड रुपैयाँ थियो ।
अर्थ मन्त्रालयले केही समयअघि गठन गरेको पुँजी बजार सुधार कार्यदलले सेयर धितो कर्जाको सीमा हटाउन सुझाएको थियो ।
यसैगरी बैंक तथा वित्तीय संस्थाले सेयर किनेर बिक्री गर्न पाउने १ वर्षको लक इन पिरियड पनि हटाएको छ । अब बैंक, वित्तीय संस्थाले सेयर किनेर ६ महिनाभित्रै बिक्री गर्न पाउने भएका छन् । यसमा रहेको २० प्रतिशतको सीमा पनि हटाइएको छ ।









