काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने भएको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। नगद लाभांशमा कर पनि समावेश छ ।
कात्तिक १७ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।









