काठमाडौं– एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ४२ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सोयर र सोमा लाग्ने करको लागि २ दशमलव १०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कात्तिक २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार १३औं वार्षिक साधारणसभा बोलाएको छ।
सो सभाले लाभांशका साथै बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित परित एजेन्डा तय भएको छ ।









