काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा मंसिर ७ देशका विभिन्न ८ स्थानमा बृहत् रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)का कार्यक्रम सम्पन्न गरेको जनाएको छ । बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौंको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको बताइएको छ ।
संस्थाले १९औं वार्षिकोत्सवको अवसरमा आइतबारै देशका विभिन्न १६ स्थानका विद्यालयमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण गरेको तथा निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।
त्यसैगरी, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामग्री र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यस अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम सम्पन्न विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी स्वस्थ जीवनशैलीका लागि खेलकुुद नाराका साथ विकास बैंकले मंसिर ६ गते गरिमा रोड रेसअन्तर्गतको दोस्रो संस्करण सम्पन्न गरेको र त्यसमा हजारभन्दा बढी धावकको सहभागिता रहेको बताइएको छ









