काठमाडौं– कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर १० गते बुधबार सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।









