काठमाडौं– संघीय राजधानी रहेको काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिएका छन् ।
मेयर बालेनको सचिवालयका अनुसार आइतबार बिहान मुटुमा समस्या देखिएपछि शाह बेहोस भएका थिए । त्यसलगत्तै उनलाई सिभिल अस्पताल पुर्याइएको थियो । उनको शरीरमा रगत जमेको पाइएपछि भेन्टिलेटरमा राखिएको थियो ।
रामनारायणलाई मधुमेह र पिसाबमा संक्रमणको समस्या पनि थियो ।









