काठमाडौं– हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) हुने कम्पनीले जनाएको छ ।

गत शुक्रबार सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले आगामी पुस २१ गते चौधौं वार्षिक साधारणसभा बोलाउने र साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय