काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडले यस वर्ष सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१–८२ को लाभांश घोषणा गर्ने क्रममा बोनस सेयरमा जोड दिएको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस दिने घोषणा गरेको छ । उक्त बोनस सेयरमा लाग्ने करको लागि ० दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जानकारी दिएको छ ।

पुस ३ गते बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात बैंकले सो दरमा लाभांश वितरण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय