सांघाई– उद्योगसम्बन्धी एक प्रतिवेदनले सन् २०२५ मा विश्वभर रोबोट उत्पादनमा चिनियाँ कम्पनीहरू सबैभन्दा अगाडि रहेको खुलासा गरेको छ । यसले उदाउँदो निर्माण क्षेत्रमा चीनको तीव्र प्रगतिलाई स्पष्ट रूपमा देखाएको छ ।
लन्डनस्थित प्रविधि परामर्श संस्था ओमडियाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सांघाईस्थित एजिबोटले वार्षिक ५ हजार १०० भन्दा बढी रोबोट आपूर्ति गर्दै विश्व बजारको ३९ प्रतिशत अंश प्राप्त गरेको छ । आपूर्ति संख्या र बजार अंशका आधारमा कम्पनी विश्वमै पहिलो स्थानमा छ ।
यसपछि हाङझाउस्थित युनिट्री र सेन्जेनस्थित युबिटेक क्रमशः ४ हजार २०० र १ हजार एकाइ आपूर्तिसहित दोस्रो तथा तेस्रो स्थानमा छन् । एजिबोट र युबिटेकका रोबोटहरू मुख्यतः व्यावसायिक र औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका छन् भने युनिट्रीका रोबोटहरू अनुसन्धान, शिक्षा र उपभोक्ता बजारमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन् ।
गत वर्ष लेजु रोबोट, इन्जिनएआई र फोरियरजस्ता अन्य चिनियाँ उत्पादकहरूसँगै अमेरिकाका फिगर एआई, एजिलिटी रोबोटिक्स र टेस्लाले पनि १५० देखि ५०० एकाइसम्म आपूर्ति गरेका थिए । विश्वभर वार्षिक रूपमा करीब १३ हजार रोबोट आपूर्ति भएको अनुमान गरिएको छ ।
उत्पादन प्रतिस्पर्धात्मकताका आधारमा एजिबोट, फिगर एआई, टेस्ला, युबिटेक र युनिट्रीलाई अग्रपंक्तिका कम्पनीका रूपमा प्रतिवेदनले उल्लेख गरेको छ ।
इन्जिनएआई र युबिटेकसहितका चिनियाँ रोबोट उत्पादकहरूले आगामी दिनमा उत्पादन क्षमता बढाउने योजना बनाइरहेका छन् ।
एजिबोटका प्रमुख वैज्ञानिक लो जियानलानका अनुसार सन् २०२६ रोबोट उद्योगका लागि महŒवपूर्ण मोड सावित हुने वर्ष हो, जहाँ सीमित क्षमताबाट उच्च कार्यसम्पादन र व्यावहारिक प्रयोगतर्पm उद्योग अग्रसर हुनेछ ।
उनका अनुसार प्रयोगमा ल्याइने रोबोटको संख्या बढ्दै जाँदा वास्तविक प्रयोगबाट प्राप्त तथ्यांकसमेत बढ्नेछ, जसले अझ प्रभावकारी प्रणाली विकास गर्न सहयोग पु¥याउनेछ ।









