काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वृद्धि गरेको छ ।

निगमले चैत २ गते बिहानबाट लागू हुने गरी पेट्रोलमा १५ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेसनले आगमी १५ दिनका लागि पठाएको मूल्य बढेर आएपछि निगमले मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबका कारण पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमको भनाइ छ ।

अमेरिका र इजरायलले इरानमा युद्ध सुरु गरेपछि स्ट्रेट अफ होर्मुज जलमार्गमार्फत पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भएको छ । यसले विश्वभर इन्धनको मूल्य वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय