काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । बिहीवारको दाँजोमा शुक्रबार सुन प्रतितोला ७ हजार ८०० र चाँदी ११५ रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।
बिहीबार एक सुन प्रतितोला ३ लाख २ हजार ३०० र चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
गत बुधबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७०० र चाँदी ५ हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









