काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिसा खाद्यस्टोर र ए जे सप्लायर्सलाई जरिवाना गरेको हो ।

विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङमतिमा रहेको सुवा ग्रोसरीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । ललितपुर महानगरपालिका १८ मगरगाउँमा अवस्थित प्रमिसा खाद्यस्टोरलाई १० हजार र सूर्यविनायक नगरपालिका ६ पाण्डु बजारमा अवस्थित एजे सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । ती फर्मलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ ।

विभागले थप १२ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकाय समेतको उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय