काठमाडौं– नेपाल आयल निगमले १० दिनमै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ ।
यसअघि प्रत्येक १५ दिनमा इन्धनको मूल्य समायोजन गर्दै आएको निगमले यसपटक भने १० दिनमै बढाएको छ । यसअघि चैत १ गते निगमले पेट्रोलको १५ र डिजेल तथा मट्टितेलको १० रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो ।










