काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा झन्डै ३ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ २ हजार ९०० रुपैयाँले घटेको हो । बुधबार २ लाख ८८ हजार ६०० रुपैयाँमा किनबेच भएको सुनको मूल्य बिहीबार २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएका छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेको छ । बिहीबारका लागि महासंघले चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको छ ।

बुधबार ४ हजार ९०० रुपैयाँ रहेको चाँदीको भाउ बिहीवार ४ हजार ८०० रुपैयाँमा ओर्लेको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन ४ हजार ५०० डलर प्रतिऔंसको दरमा किनबेच भइरहेकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय