काठमाडौं– सानिमा बैंक लिमिटेडले केयर इज रेटिङ्स नेपालबाट केयर–एनपी (स्युअर) रेटिङ पाएको छ ।
सानिमाले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङप्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा उक्त रेटिङ पाएको जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२८ एटीएम सञ्चालनमा रहेका छन् ।









