काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढाएको छ । चैत २० गते (अहिले मध्यराति) देखि लागू हुने गरी यी तिनै थरी इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले बढेको निगमले जानकारी दिएको छ ।

योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन क्षेत्रमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ । यी क्षेत्रका उपभोक्ताले एक लिटर डिजेल र मट्टितेलको लागि अब १७९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । अहिलेसम्म प्रतिलिटर १६४ रुपैयाँ ५० पैसामा आउँथ्यो ।

सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८६ रुपैयाँ रहेकामा अहिले बढेर २०१ रुपैयाँ पुगेको छ । सो क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पुगेको छ ।

यो मूल्यवृद्धिपछि पनि निगमले १५ दिनमा ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने बताइएको छ । पश्चिम एसियामा इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको आपूर्ति शृंखला अवरुद्ध भई विश्वभर इन्धनको मूल्य बढिरहेको छ । नेपालमा पनि त्यसैको असर परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय