काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ७ हजार २०० र चाँदी २०५ रुपैयाँले महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ कायम भएको थियो ।
गत सोमबार छापावाल सुन २ लाख ९१ हजार ४०० र चाँदी ४ हजार ७८० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ८७० र चाँदी ७८ अमेरिकी डलर हारहारीमा कारोबार भइरहेको छ ।









