काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार २०० र चाँदीको ८५ रुपैयाँले ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९६ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९६० रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन २ लाख ९४ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ५ हजार ३०० र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









