काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि बेस्ट सपिङ सेन्टर ठमेललाई विभागले २ लाख २ हजार रुपैयाँ जरिवाना गरेको हो ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कान्तिपुर क्याफेलाई पनि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
ठमेलको हेभन ह्यान्डिक्राफ्ट र गुडलक ट्रेकिङ सपलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले सोमबार ४७ वटा फर्ममा अनुगमन गरेकामा ४३ वटालाई सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ ।









