त्रिवेणी (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ ।
स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैंडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार वयस्क गैंडा मृत भेटिएको हो । त्यसको खाग र खुर सुरक्षित राखिएको छ । शरीरमा चोटपटक नदेखिएकाले गैंडाको मृत्युको कारण खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।









