काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसौद पेजेस्कियानले अमेरिका र इजरायलले इरानमा थोपरेको युद्ध रोक्न समझदारीपत्र (एमओयु) मा विद्युतीय माध्यमबाट हस्ताक्षर गरेका छन् ।
पाकिस्तानले ‘इस्लामावाद सहमझदारी पत्र’ नाम दिइएको दस्तावेज कार्यान्वयनमा आएको बताएको छ भने अमेरिकी अधिकारीहरुले यसमा उक्त समझदारीपत्रमा इरानले आणविक अस्त्र विकास नगर्ने र खरिद पनि नगर्ने, सबै मोर्चाबाट युद्ध रोक्ने र स्ट्रेट अफ होर्मुज जलमार्ग पुनः खुला गर्ने बुँदा समेटिएको छ ।
समझदारीपत्रमा सबै किसिमका युद्ध रोक्ने बुँदा समावेश भए पनि इजरायलले लेबनानमा हेज्बोल्लाहमाथिको हमला जारी राखेको खाडी क्षेत्रको लोकप्रिय टेलिभिजन च्यानल अल जजिराले जनाएको छ ।
हेज्बोल्लाह प्रमुख नाइम कासेमले सम्झौताको प्रसंसा गर्दै यसलाई ठूलो जित भनेका छन् । उनले इजरायलसँग लेबनानको वार्ता आपसी सुरक्षामा सीमित हुनुपर्ने र उक्त सशस्त्र समूहलाई निःशस्त्र बनाउनेमा केन्द्रित हुन नहुने बताएका छन् ।









