काठमाडौं- प्रहरीले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरेको छ। उनलाई त्यहाँबाट नेपालगञ्ज लगिएको बताइएको छ ।

सुर्खेतको वीरेन्द्रनगर स्थित शुभम् होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पुर्‍याएको छ। सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैं होटल पुगेर पौडेललाई आफ्नै गाडीमा राखेर नेपालगञ्ज तर्फ लगेको बताइएको छ।

सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय