काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा ५ हजार २०० र चाँदी २५० रुपैयाँले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३०० र चाँदी ४ हजार २३५ रुपैयाँ निर्धारण भएको छ ।
बुधबार एक तोला सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य ४ हजार ४८५ रुपैयाँ थियो । मंगलबार एक तोला सुन २ लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी ४ हजार ५९० रुपैयाँमा खरिद बिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।









