काठमाडौं– धितोपत्र बजारको कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अंकले उकालो लागेर २ हजार ६५२ दशमलव ९३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ७७ अंकले उकालो लागेर ४५८ दशमलव ५७ मा पुगेको छ । यस दिन ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता धितोपत्र ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँमा खरिद बिक्री भएको छ । आज सबै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबारका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्स, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र एनआइएमबी डिवेञ्चर २०९० शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, स्नो रिभर लिमिटेड, सिवाइसी नेपाल लघुवित्त, भुजुङ हाइड्रोपावर, कुर्थली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी डिबेन्चर, धौवागिरी लघुवित्त, अप्पर स्यांगे हाइड्रोपावर र महालक्ष्मी डिबेन्चरका लगानीकर्ताले भने गुमाएका छन् ।

आजको कारोबारमा २५२ कम्पनीको धितोपत्र मूल्य बढ्दा १७ कम्पनीको मात्रै घटेको छ । यस्तै, ६ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय