काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था र व्यक्तिसँग संवादको क्रमलाई आज पनि निरन्तरता दिएका छन् ।
उनले आज जुत्ता व्यवसायी संघ (फुटवेयर एसोसिएसन)का पदाधिकारीसँग छलफल गर्ने तयारी गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री शाहले केही बेरपछि एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रूद्र न्यौपाने, सल्लाहकार कालीदास गौतमलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
स्वदेशी जुत्ताचप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका चुनौती र नीतिगत सुधारका विषयमा छलफल हुनेछ ।









