काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० र असली चाँदी ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।









