काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयरमा आजबाट आवेदन दिने सकिने छ । संस्थाले असार ११ गते, शुक्रबारदेखि आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।
संस्थाले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता (५ प्रतिशत) सेयर कर्मचारीका लागि र कुल निष्काशनको ९८ हजार ८६५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १००० कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असार १५ र ढिलोमा असार २५ गते बन्द हुनेछ ।
संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।
संस्थालाई क्रेडिट रेटिङमा इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बि’ रेटिङ दिएको छ । यसले संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ।
मोरङमा केन्द्रीय कार्यालय रहेको यो संस्थाको आइपिओलाई नेपाल धितोपत्र बार्डले गत असार २ गते निष्काशन अनुमति दिएको थियो।









