काठमाडौं– युनियन लाइफ इन्स्योरेन्सलाई नेपाल धितोपत्र बोर्डले आइपिओ निष्कासनको अनुमति दिएको छ ।

बोर्डले कम्पनीको जारी पुँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपाल ‘इक्राएनपि आइआर त्रिपल बि’ रेटिङ दिएको छ । यसले कम्पनीको लगानी मध्यम किसिमको सुरक्षा रहेको र समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने रहेको जनाउँछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीले आइपिओ निष्कासनको अनुमति माग्दै जेठ ९ गते बोर्डमा आवेदन दिएको थियो । आइपिओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय