काठमाडौं– प्रोग्रेसिभ फाइनान्स लिमिटेडले डिजिहब प्रालिको भगिनी संस्था एसबी सोलुुसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यस सम्बन्धी सम्झौतापत्रमा प्रोग्रेसिभका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईं र एसबी सोलुसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले हस्ताक्षर गरेका छन् ।
क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणालीभित्र जोखिम प्यारामिटरको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न पनि सहयोग पुर्याउने बताइएको छ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मदत गर्दछ । प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने बताइएको छ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसँगै बैंक र अन्तका उपभोक्ताले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौती लाभ लिन पाउनेछन् ।

प्रोग्रेसिभ फाइनान्स राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त संस्था हो । यसले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । प्रोग्रेसिभ फाइनान्सको लाखभन्दा बढी ग्राहक छन् । देशभर यसका १५ भन्दा बढी शाखा रहेका छन् ।

एसबी सोलुसनले डिजिहबसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा प्रक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट–एक्स नामक सफ्टवेयर जडान तथा कार्यान्वयन गर्दै आएको छ । साथै पेमेन्ट अटोमेसन, एपिआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको काम पनि गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय