काठमाडौं– बुधबार सेयर बजारको तथ्यांकीय मापक नेप्से १२.०५ बिन्दुले माथि जाँदा परिसूचकमा नयाँ कीर्तिमान बनेको छ । अघिल्लो दिनको कीर्तिमान भंग गर्दै बुधबार बजार बन्द हुँदा नेप्से हालसम्मकै माथिल्लो बिन्दु ३१२३.१५ मा पुगेको छ । अघिल्लो दिन बजार बन्द हुँदा नेप्से ३१११.०९ मा पुगेको थियो ।

यस दिन २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार कित्ता सेयर १ लाख ४४ हजारपटक किबनेच भएको छ । बुधबारको कारोबार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । मंगलबार ११ अर्ब ५२ करोड ५३ लाख २ हजार रुपैयाँको सेयर किनबेच भएको थियो ।

बुधबार विकास बैंक समूह ६४.९७, बैंकिङ समूह ४.२९, फाइनान्स समूह ४४.०२, जलविद्युत् समूह १९४.०७, इन्भेस्टमेन्ट समूह ०.३१ र उत्पादनमूलक समूहको सूचक ३०.३५ बिन्दुले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार जलविद्युत् कम्पनीको सेयर मूल्य धेरै बढेको छ । यस दिन सातवटा सूचीकृत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेकामा ६ वटा जलविद्युत् कम्पनी छन् । एउटा भने केही दिनअघि मात्र सूचीकृत युनियन लाइफ इन्स्योरेन्स छ ।

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याइने चर्चाबीच जलविद्युत कम्पनीहरुको सेयर मूल्य उकालो लागेको छ ।

बुधबार जीवन बिमा समूह २.७५, माइक्रोफाइनान्स समूह १२५.८५, निर्जीवन बिमा समूह ८०.०५, अन्य समूह १९.५१, व्यापार समूह ६०.२०, होटल तथा पर्यटन समूह ७.७७ र म्युचल फन्ड समूहको सूचक ०.१२ बिन्दुले घटेको छ ।

कारोबार रकमको आधारमा यस दिन अपी पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ । यो कम्पनीको ७९ करोड ५० लाख १९ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय