काठमाडौ– मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो सेयरको प्रारम्भिक सार्वजनिक निष्कासनको लागि बिओके क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पुजीको ३० प्रतिशतले हुन आउने १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको १७ लाख ६४ हजार १ सय ११ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन तथा बिक्री प्रबन्धन नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बिओके क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्मा र मन्दाकिनी हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष महेशबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय