काठमाडौं– एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआइसी एसिया डाइनामिक डेप्ट फन्डको डेभिडेन्ड रि–इन्भेस्टमेन्ट प्लान सञ्चालनमा ल्याइएको छ।

यो योजनाले इकाइधनीहरुलाई १० प्रतिशत (करसहित) का दरले प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ । उक्त प्रतिफल वितरण गर्नका लागि गत साउन २८ गते इकाइधनी दर्ता किताब बन्द गरिएको थियो ।

एनआइसी एसिया क्यापिटलले खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फन्डबाट वितरण गरिएको प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि डेभिडेन्ट रि–इन्भेस्मेन्ट प्लान संचालन गरेको छ । उक्त योजनामा सहभागी हुनको लागि क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://nicddf.nicasiacapital.com/Modules/MainPage/DREPRegistration.aspx मा क्लिक गरि रितपुर्वक विवरण भरि उक्त प्रतिफल रकम बराबरको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइएको बताएको छ ।

साथै उक्त योजनामा सहभागी हुनको लागि यही भदौ १० गतेसम्म आवेदन दिने इकाइधनीहरु मात्र सहभागी हुन सक्ने जनाएको छ ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गएको एनआइसी एसिया क्यापिटलले हाल म्युचुअल फन्ड, सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय