काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालिसँग सम्झौता गरेको छ ।
शुक्रबार बैंक र कम्पनीबीच सम्झौता भएको हो । अब सिप्रदी ट्रेडिङ प्रालिबाट ग्राहकले टाटा ब्रान्डका गाडी किन्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा पाइन्छ । टाटाका गाडी किन्ने ग्राहकलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने पनि बैंकको विज्ञप्तिमा उल्लेख छ । महालक्ष्मी विकास बैंकले १०३ वटा शाखाबाट सेवा दिइरहेको छ । गाडी कर्जा सुविधा ती सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।









