मनाङ– मानुषी लघुवित्त वित्तीय संस्थाको आइपिओ रिजल्ट अनलाइनमा आएको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट https://iporesult.cdsc.com.np/ मा मानुषीको आइपिओ रिजल्ट राखिएको हो । यो वेबसाइटमा गएपछि कम्पनीको नाम चयन गरेर आफ्नो बिओ आइडी राखेर नतिजा हेर्न सकिन्छ ।

सोमबार बिहान उक्त संस्थाको आइपिओ बाँडफाँट भएको हो । यो लघुवित्तको सेयर ३६ हजार ८५९ जनाले १० कित्ताका दरले पाएका छन् । यो कुल आवेदकको १.५ प्रतिशत जति हो । उक्त सेयरका लागि २४ लाखभन्दा बढीले आवेदन दिएका थिए ।

मानुषीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय