काठमाडौं– डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार सम्पन्न सञ्चालक समिति बैठकले २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैठकले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट संस्थाका सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।










