काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंक र सानिमा इक्वीटी फन्डको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार एक्सेल बैंकले लगानीकर्तालाई १२ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद दिने भएपछि प्रतिसेयर मूल्य ७६२.६८ कायम गरिएको छ । यसअघि प्रतिसेयर मूल्य एक हजार ५३ थियो ।

त्यसैगरी, सानिमा इक्वीटी फन्डले इकाइधनीलाई ३३ प्रतिशत नगद लाभांश दिने भएपछि प्रतिइकाइ मूल्य १२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । यसअघि १६ रुपैयाँ १५ पैसा थियो ।

आइतबारबाट दुबै कम्पनीको समायोजन गरिएको मूल्यबाट कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय