काठमाडौं– दसैं–तिहारको अवसरमा वेस्टर्न युनियनले नेपालमा क्यासउत्सव योजना ल्याएको छ । यसमा ग्राहकले असोज १ गतेदेखि कात्तिक २५ गते सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।
यो प्रवर्द्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट एटिटी रेमिट, सिजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुने बताइएको छ । यो योजना अन्तर्गत हरेक हप्ता पाँचजना भाग्यशाली विजेताले २० हजार जित्नेछन् । यस बाहेक, प्रवर्द्धन अवधिभर सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्रमा समावेश हुनेछन् ।
यो योजना असोज १ गतेबाट कात्तिक २५ गतेसम्म लागू गरिने कम्पनीको विज्ञप्तिमा छ । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिने र एकजना भाग्यशाली विजेताले नगद ५ लाख जित्न सक्ने बताइएको छ ।









