काठमाडौं– सिटिजन्स बैंकले पोहोरभन्दा बढी लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशमध्ये चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८९ प्रतिशत नगद हुने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले परित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन् ।
यो बैंकले अघिल्लो वर्ष ७.७० प्रतिशत बोनस सेयर र कर सहित ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।









