काठमाडौं– नेपालको सेयर बजारमा केही दिनदेखि गइरहेको पहिरो बुधबार थामिएको छ । निराशाजनक ढंगले ओरालो लागेको सेयर बजारमा बुधबारको सुधारले केही आशा जगाएको छ ।

तर यस दिन कारोबार रकम भने अघिल्लो दिनको भन्दा कम छ । यस दिन पाँच अर्ब दुई करोड ८५ लाखको मात्रै सेयर किनबेच भएको छ । अघिल्लो दिन मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थिया । सो दिन नेप्से परिसूचक भने ७० बिन्दुले तल झरेको थियो ।

बुधबार एक सय ८६ कम्पनीको धितोपत्र किनबेच हुँदा १७३ को मूल्य बढेको छ । यस दिन ११ वटा कम्पनीको मूल्य घटेको र दुईवटाको घटबढ केही नभएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन दोस्रो बजारमा एक करोडभन्दा कम कित्ता सेयर किनबेच भएको छ । नेप्सेका अनुसार बुधबार विभिन्न कम्पनीका ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ ।

दुई कम्पनी––ग्रिन डेभलपमेन्ट बैंक र अपी पावर कम्पनी लिमिटेडको सेयर मूल्य १०–१० प्रतिशतका दरले बढेको बजारमा ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सबैभन्दा बढी गुमाउने मेगा बैंकको सेयर मूल्य ३.९२ प्रतिशतले बढेको छ । नेप्से परिसूचक ५०.५८ बिन्दुले बढेर बजार बन्द हुँदा २६६५.९४ कायम भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय