काठमाडौं– सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपालि सेयरधनीलाई प्रदान गर्ने प्रतिफल घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत प्रतिफल दिने घोषणा गरेको हो ।
उक्त २० प्रतिशतमा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद हुने संस्थाले जनाएको छ । बुधबार सम्पन्न संस्था सञ्चालक समितिको बैठकले लाभांशको यो प्रस्ताव पारित गर्नका लागि आगामी साधारणसभामा पेस गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । प्रस्तावित बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार ४४१ रुपैयाँ पुग्नेछ ।









